Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकाेटमा १७० किलाेवाटकाे सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने


    बिहिबार, फाल्गुन १९ २०७८
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट। वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ । 

    ४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

    विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।

    जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् । 

    स्थानीय खड्कविक्रम शाहीले भने, ‘टुकीकाे भरमा थियाैं, साेलार बत्ती आएपछि हामी खुसी छौँ ।’  

    बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्‍याउन काम भइरहेकाे बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार