Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्ताे छ आजकाे माैसम ?


    बिहिबार, फाल्गुन १९ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।

    सुदूरपश्चिमका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

    सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको आँकलन पनि गरिएकाे छ ।

    राति पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शुक्रबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार