Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेन-रुस युद्धः बन्दरगाह शहर खेअरसन रुसी फौजको नियन्त्रणमा


    बिहिबार, फाल्गुन १९ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । युक्रेनको बन्दरगाह शहर खेअरसनका मेयरले उक्त दक्षिणी शहर रुसी फौजको नियन्त्रणमा गएको बताएका छन्।

    इगोर कोलीखाएभले उक्त शहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन्।

    मेयर कोलीखाएभले भनेका छन्, ‘मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले युक्रेनी सशस्त्र बलको उपस्थिति छैन, केवल सर्वसाधारण र बाँच्न चाहने मानिस छौँ ।’

    स्थानीय समयानुसार मस्कोका फौजले राति ८ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको र खानेकुरा औषधि एवं अन्य आपूर्तिका सामान बोकेका कारहरूलाई मात्रै आउजाउ गर्न दिइने भनेको मेयरले लेखेका छन्।

    रुसी फौजको निर्देशन

    उनले बताएअनुसार सडकमा कारहरू धीमा गतिमा गुडाउन भनिएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न पैदलयात्रीहरूलाई निर्देशन दिइएको छ।

    ‘अहिलेसम्म भएका कुरा यही हुन्। युक्रेनी झन्डा हाम्रो माथि छ र यथास्थितिमा रहन दिन हाम्रो आवश्यकताहरू पूरा हुनुपर्छ, मैले दिनसक्ने अहिले अरू केही छैन,’ मेयर कोलीखाएभले भने।

    खेअरसनका मेयरको यो भनाइलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

    यसअघि मात्रै अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले खेअरसन “निकै चुनौती दिइएको शहर” भएको बताएका थिए। दक्षिण बन्दरगाह शहर मारिऊपोलको कुरा गर्नु पर्दा घण्टौँ लामो गोलाबारीमा परी सयौँ मानिस मारिएको हुनसक्ने त्यहाँका डेपुटी मेयरले बताएका छन्।

    रुसी फौजले गैरसैनिक संरचनाहरूलाई समेत निसाना बनाउँदै आएको युक्रेनी अधिकारीहरूले बताउने गरे पनि मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमाथि रुसी अतिक्रमणको पाँचौँ दिनसम्म २२७ जना सर्वसाधारण मारिएका छन्। सो अवधिसम्म अन्य ५२५ जना घाइते भएको पनि उसले जनाएको छ। बिबिसीको सहयोगमा 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार