Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा


    बुधबार, फाल्गुन १८ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । 

    जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेकाे आराेप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

    उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार