Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीको व्याख्यात्मक टिप्पणी नेताहरु आनन्दपूर्वक सुत्न बनाइएको थाङ्नो मात्रै हाे: झलनाथ खनाल


    बुधबार, फाल्गुन १८ २०७८
    915
    Shares
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसीकाे व्याख्यात्मक टिप्पणीकाे अर्थ नरहेको बताएका छन् । 

    बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणी एक न्यानो थाङ्नो मात्रै भएकाे भन्दै त्येसकाे अर्थ नरहेको बताएका हुन् ।

    ‘व्याख्यात्मक टिप्पणी न्यानो  थाङ्नोबाहेक केही होइन,’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’

    प्रकृया नमिलाई एमसिसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै  उनले एमसिसी पारित गर्दाको परिणाम विस्तारै देखिने समेत बताए बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार