काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नेपाल प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक सदस्यले नै औपचारिक रूपमा अझै साथ दिएका छैनन् ।
गत १५–१७ मंसिरमा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यका छोरी र भतिजाले नै साथ नदिएका हुन् ।
गत महाधिवेशनवाट केन्द्रीय सदस्य निर्वाचित छोरी प्रतिष्ठा रायमाझी थापा र भतिजा अभिषेक थापाले लिङ्देन नेतृत्वको राप्रपाबाट अझै राजीनामा दिएका छैनन्, राजिनामा नदिएका कारण छोरी र भतिजा अझै पनि लिङ्देन नेतृत्वको राप्रपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा कायमै छन् ।
‘ठूलो बुबा (कमल थापा) ले नयाँ पार्टीका जिम्मेवारी लिए पनि हामीले औपचारिक रूपमा राप्रपा छाडेका छैनाैँ । राप्रपामा हाम्रो माग सम्बोधन गराउनका लागि अझै दबाब दिने र आफ्ना धारणा राख्ने भन्नेमा नै छौं,’ अभिषेकले न्युज कारखानासँग भने, ‘भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सम्भव भएसम्म उपस्थित हुने र आफनो धारणा राख्नेबारेमा गृहकार्य गरिरहेका छौं ।’
उनका अनुसार भोलिदेखि सुरु हुने राप्रपा केन्द्रीय समिति बैठकमा उपस्थिति हुने नहुनेदेखि धारणा राख्नेबारेमा औपचारिक निर्णय भने अझै भइसकेको छैन ।
यसैगरी, थापाको प्यानलवाट विजयी भएका उपाध्यक्ष बुद्धीमान तामाङ, रोशन कार्की, धु्रबहादुर प्रधान, महामन्त्रीद्वय कुन्ती शाही र भुवन पाठकलगायतले उनलाई ‘नैतिक समर्थन’ जनाए पनि राप्रपा भने अझै परित्याग गरिसकेका छैनन् ।
यसबारेमा थापाले शीर्ष नेतृत्वसँग आजै अनौपचारिक कुराकानी गर्ने बुझिएको छ । महाधिवेशनमा पराजित भएका थापाले गत २५ माघ गते लिङ्देन नेतृत्वको पार्टी परित्याग गरी राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेको दुई साता नाघिसकेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend