Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय चुनावका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी राखिने, कति पाउँछन् तलब?


    मंगलबार, फाल्गुन १७ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्दै स्थानीय चुनावको सुरक्षाका लागि म्यादी प्रहरी पनि राख्ने तयारी गरेकाे छ।

    देशैभर एकैपटक हुने चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको हाे।

    करिब एक महिनाका लागि एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ ।

    म्यादी प्रहरीले २४ हजार तलब पाउँछन् भने पोशाक भत्ता पाँच हजार र खाजा सुविधा पाउने गृह मन्त्रालय स्रोतले जनाएको छ । म्यादी प्रहरीलाई जवान सरह सेवा, सुविधा दिने तयारी छ।

    म्यादी प्रहरी छनौट गरेपछि करिब १० दिन प्रशिक्षण दिने तयारी छ।

    सरकारले ०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने गरी मिति तोकेको छ। निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार