उदयपुर।प्रतिनिधि सभाबाट अमेरिकन सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको विरोध गरिएको नेपाल बन्दले उदयपुर ठप्प भएको छ । एमसीसी तत्काल खारेज गर्नुपर्ने माग राख्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित आठ राजनीतिक दल र संगठनले आज नेपाल बन्दको घोषणा गरेका छन् ।
नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले पास गरेकोभन्दै आक्रोशित बन्दकर्ताले लामो तथा छोटो दूरीको सवारी ठप्प गरेका छन् । बन्दकर्ताले सरकारी, निजी विद्यालय तथा क्याम्पस र उद्योग कलकारखानामा पुगी बन्दको उर्दी जारी गरेपछि सबै क्षेत्र ठप्प रहेको थियो ।
गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुचीलगायत आसपासका बजार र ग्रामीण क्षेत्रका पसलसमेत बिहानैदेखि ठप्प छन् । बन्दकर्ता बिहानैदेखि झण्डा र हातमा लाठी लिएर बजार बन्द गराउँदै हिँडेका थिए ।
सामान्य दुई पाङ्ग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य सबै सवारी साधन बिहानैदेखि चल्न सकेका छैनन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले फिर्ता लिनु पर्ने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताए । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend