उदयपुर । नेकपा एमाले उदयपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यक्रम अघि सारेको छ । पार्टीले केन्द्रिय नेतृत्वको उपस्थितिमा आठवटै पालिका प्रशिक्षण कार्यक्रमको आयोजना गरी कार्यक्रम अघि सारेको हाे ।
कार्यक्रममा नेताहरूले निर्वाचन केन्द्रित टोलसम्म कमिटी गठन, प्रशिक्षण, रचनात्मक कार्यक्रम, भेला तथा सचेतनामूलक कार्यक्रम तय गर्न निर्देश गरेबमोजिम एमालेले टोललाई लक्षित गरी कार्यक्रम अघि सारेको हाे।
हरेक निर्वाचनको पकेट क्षेत्र टोलवासी भएकाले टोल–टोलमा पुगेर कमिटी गठन, प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरिएको जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख कालु लामाले बताए । उनले भने, ‘पालिका स्तरीय कार्यक्रम भइसकेको क्षेत्रमा वडा तथा टोल लक्षित कार्यक्रम र सम्पन्न हुन बाँकी रहेका ठाउँमा योजना तयारी गरिसकेका छौँ ।’
कार्यक्रम अन्तर्गत त्रियुगा नगर कमिटीले वडा नं ११ स्थित शिवालय वरुवाधारमा दिपककुमार कार्कीको अध्यक्षतामा २१ सदस्य टोल कमिटी गठन र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको वडा इन्चार्ज तथा त्रियुगा नगरपालिकाका वडासदस्य जितबहादुर खड्काले बताए ।
कमिटीको उपाध्यक्षमा चन्द्र कार्की, सचिवमा रामचन्द्र खड्का, उपाध्यक्षमा लक्ष्मी कार्की र भक्तकुमारी विक लगायत छन् ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend