काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई एमसीसी पास गर्न आपत्ति मान्न नहुने बताएका छन् ।
‘म प्रधानमन्त्री भएको समयदेखि नै एमसीसी नेपालमा सुरु भएको हो । मैले धेरैपटक यसका नियम हेरेकाले छु । यो पास गर्न आपत्ति मान्नु पर्दैन,’ उनले भने ।
उनले नेपालको विकासका लागि एमसीसी भित्र्याउने सम्झौता भएको बताउँदै यो राष्ट्रघाति नहुने प्रष्ट्याएका छन् ।
‘म नैतिक जिम्मेवार लिन्छु । राष्ट्रघाती छैन एमसीसी । यो त नेपालको पूर्वाधार विकासका लागि गरिएको सम्झौता हो । यो तुरुन्त पारित गरिनुपर्छ,’ उनले भने । उनले एमसीसी जस्तो सामान्य अनुदानलाई नेपालमा ठूलो बनाइएको समेत टिप्पणी गरेका छन् ।
उनले एमसीसी सम्झौता गर्दा विरोध नगर्नेहरूले अहिले किन विरोध गरिरहेको भन्दै प्रश्नसमेत गरेका छन् । नेपालका विकासका लागि गरिएको सम्झौताको विरोध गर्नुको कुनै अर्थ नहुने भट्टराईले बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend