Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी अनुमोदनका लागि वैकल्पिक प्रस्ताव: व्याख्यात्मक घोषणा


    शुक्रबार, फाल्गुन १३ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेका प्रश्नमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने विकल्पमा छलफल सुरु भएको छ । 

    यसरी गरिने घोषणामा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागु हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गर्छ जस्ता विषय राखिनेछ ।

    नेपालको संसदबाट यसरी व्याख्यात्मक घोषणासहित अनुमोदन गरेर पठाउने र एमसीसीले त्यसलाई स्वीकार गरेपछि सम्झौताको अंग बन्ने नेताहरुको दाबी छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग मिल्न तयार भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु दबावमा छन् । दुवै दलका नेताहरुले यथास्थितिमा एमसीसीको पक्षमा मत दिन नसक्ने, तर अनुमोदनका लागि सहज बनाउन विरोध गर्दै संसद बहिष्कार गर्न सक्ने बताएका छन् । त्यसो भएमा ध्वनिमतका आधारमा एमसीसी अनुमोदन हुन सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार