Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामचन्द्र पौडेलले भने- एमसीसी अमेरिकी जनताको उपहार हो


    शुक्रबार, फाल्गुन १३ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नेपालका लागि अमेरिकी जनताको उपहार भएको बताएका छन् । नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाले बताउँदै उनले यसलाई पारित गर्नुपर्ने धारणा राखेका छन् ।

    तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएकाले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका हुन् । बिहीबार तनहुँ पुगेका नेता पौडेलले व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारलगायत स्थानमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

    उनले राजनीति र विकाससँगै लैजान सके जनताको समस्या समाधान गर्न सकिने बताएका छन् । उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार