Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किभमा डरलाग्दो मिसाइल हमला


    शुक्रबार, फाल्गुन १३ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला गरेको बताएको छ । सो हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन् । 

    युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरु सार्वजनिक भएका छन् । सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ । 

    यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आक्रमणकारीबीच भएका लडाइँका भिडियो फुटेज सार्वजनिक गरेको छ । 

    २ लाख ६० हजार मानिसहरुको बसोबास रहेको सुमी रुसी सीमाबाट करिव ३० किलोमिटर टाढा रहेको क्षेत्रीय राजधानी हो । स्थानीय प्रशासनका प्रमुख दिमित्रो झाइभातस्काइले ठूलो संख्यामा रुसी कन्भोय राजधानी किभतर्फ प्रस्थान गरेको बताए । नजिकको सहर कोनोटपलाई रुसी सेनाले घेरा हालेको पनि उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार