काठमाडौं। प्रतिनिधिसभा बैठकमा आजवाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो ? त्यसको छिनोफानो हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन कि मत बिभाजनमार्फत गर्छन भन्ने बिषयका छिनोफानो आज अपरान्ह बस्ने संसद बैठकले छिनोफानो गर्न लागेको हो ।
सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार मत बिभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंकमा सरकारले बिहिवारको संसद स्थगित गराएपछि सो बिषयलाइ महत्वका साथ हेरिएको छ । मत बिभाजनमा प्रक्रियामा लगेर सभामुखले एमसीसीलाई सैद्धान्तिक बहस अघि नै असफल बनाउन लागेको आशंका गरेपछि सरकारले अचानक आग्रह गरेर बिहिवारको बैठक स्थगित गराउनु परेको सार्वजनिक भएको थियो ।
सो योजनाको बारेमा गृहमन्त्री बालकृष्ण खाँडले सभामुख सापकोटालाई भेटेर आपत्ति मात्रै जनाएनन, सभामुख सापकोटाले आफनो पदीय भुमिका भुल्न नहुनेसम्मको टिप्पणी गरेका छन् । जसकाकारण, एमसीसीमा बिबादमा पर्दै आएका सभामुख सापकोटा बिहिवार देखी थप बिबाद र आशंकाको घेरामा थप पर्न गएका छन । माओवादी केन्द्रका २८ जना सांसद उभिएर मत बिभाजनको माग गर्ने र सभामुखले नियमतः सो अनुमति दिने योजनाको चाल पाए पछि सरकारले संसद बैठक स्थगित गर्नुपरेको वालुवाटार स्रोतले जनाउँदै आएको छ ।
सो योजना सार्वजनिक भए पछि सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार प्रबिद्यि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सैद्धान्तिक छलफल गराउनका लागि मत बिभाजन गर्ने प्रचलन नेपालमा नभएको टिप्पणी गरेका छन । ‘२०४७ साल देखी हामी संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं, आजसम्म सैद्धान्तिक छलफल चलाउनका लागि मत बिभाजन गरिएको उदाहरण छैन, मलाई लाग्छ सभामुखले यो काम गर्नु हुन्न,’ कार्कीले वालुवाटारमा बिहिवार साँझ टिप्पणी गरेका थिए, ‘यदी सैद्धान्तिक छलफलमा नै मत बिभाजन गर्न थालियो भने कुनै पनि सरकारले काम गर्न सक्दैन, संसद नै अप्ठयारो अवस्थावाट सद्यैभरी गुज्रन्छ, यो काम गर्नु हुन्न् ।’ सभामुख सापकोटाले एमसीसीको सैद्धान्तिक छलफलमा मत बिभाजनमार्फत प्रक्रिया अघि नबढाउनेमा सरकार विश्वस्त रहेको प्रवक्ता कार्कीको भनाई छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend