Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखको विकल्प खोज्न कांग्रेस तयार, गठबन्धन जोगिने सम्भावना न्यून


    शुक्रबार, फाल्गुन १३ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।

    पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।

    बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ ।

    उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा कांग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार