उदयपुर। अमेरिकन सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा ६ राजनीतिक दल र दुई मोर्चाले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका छन् ।
एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नु पर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिकता मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका हुन् ।
नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले जबरजस्ती सदनबाट पास गरे आन्दोलनले थप कडा रूप लिने नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले चेतावनी दिए । उनले ५५ अर्बमा देश बेच्न लागिएको आरोप लगाएका छन् ।
जनताको इच्छा विपरीत भएकाले उनले एमसीसी खारेज हुनुपर्ने बताएका छन् । एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारविरुद्धमा रहेको कुमालको दाबी छ ।
नेकपा विप्लवका केन्द्रीय सदस्य तथा इन्चार्ज कुमालले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend