Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी पारित गर्न देउवाले एमालेका सबै मागहरूलाई सम्बाेधन गर्ने


    बिहिबार, फाल्गुन १२ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेका सबै मागहरूलाई सम्बाेधन गर्न तयार रहेकाे संकेत गरेका छन् । 

    प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

    ‘तपाईंले गरेको निर्णयलाई निर्णयार्थ पेश गरेको छु, यसमा मद्दत माग्ने कुरा स्वाभाविक हो, तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔं’ देउवाले ओलीसँग गरेको प्रस्तावबारे कांग्रेस महामन्त्री गगन थापाले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार