Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदर्शनकारी र प्रहरीबीच झडप, नयाँबानेश्वर क्षेत्र तनावग्रस्त


    बिहिबार, फाल्गुन १२ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ ।

    प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो । नयाँवानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । 

    प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् भने प्रहरीले उनीहरुमाथि अश्रुँग्यास हानेको छ । 

    एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार