Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीको पक्षमा उभिएपछि आफ्नै कार्यकर्ताले मागे मन्त्री रामकुमार झाँक्रीको राजीनामा


    बिहिबार, फाल्गुन १२ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । 

    काठमाडौंमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । 

    अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार