काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल मात्रै हुने भएको छ । संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने भन्ने छलफल हुँदा सांसदहरूबीच सामान्य छलफल मात्र हुने सहमति भएको हो ।
नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आजको संसद् बैठकमा एमसीसीमाथि सामान्य छलफल मात्रै हुने जानकारी दिए । ‘आजको बैठकमा सामान्य छलफल मात्र हुन्छ, निर्णयार्थ पेस हुँदैन । दैनिक छलफल मात्र हुन्छ,’ नेता रिजालले न्युज कारखानासँग भने ।
एमसीसी निर्णयार्थ पेस गर्दा कसरी गर्ने भन्नेमा अहिले विवाद देखिएको छ । कांग्रेसले ध्वनि मतका आधारमा टुंगो लगाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटासहित माओवादी केन्द्र मत विभाजनको प्रक्रियामा जानुपर्ने अडानमा छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आजै संसदबाट अनुमोदन हुने सम्भावना नरहेको बताएकी छन् । ‘आजको बैठकमा सांसदहरूले धारणा राख्नुहुनेछ । धारणा राख्ने क्रम नै सकिँदैन होला, तथर्स आजको बैठकबाटै एमसीसी अनुमोदन हुने सम्भावना न्यून छ,’ उनले भनिन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend