Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस, जसपा र लोसपाका यी सांसद जसले एमसीसीको पक्षमा मतदान गर्न नपाउने भए


    बिहिबार, फाल्गुन १२ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् । 

    एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका कांग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । 

    यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित कांग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् । 

    साथै उपचारका लागि भारतमा रहेका कांग्रेस सांसद प्रदीप गिरि र  कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् । 

    कांग्रेसको जस्तै लोसपाका निलम्बित सांसद रेशम चौधरी र जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले पनि पक्षमा मतदान गर्न पाउँदैनन् । उनीहरू निलम्बनमा परेकाले संसदीय गतिविधिमा सहभागी हुन पाउँदैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार