Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी अनुमोदन गर्ने रणनीतिमा सरकार: लोसपा पक्षमा उभिने


    बिहिबार, फाल्गुन १२ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । एमसिसी सम्झौता संघीय संसद्बाट अनुमोदन गर्ने तयारीमा सरकार जुटेको छ। प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा त्यसमाथि छलफल सुरु हुनेछ। बैठकका कार्यसूची तय गर्न बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। समितिले एमसिसी सम्झौता अनुमोदन र छलफलको कार्यतालिका निर्धारण गर्नेछ।

    सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबारसम्म एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने रणनीतिमा जुटेका छन्। अन्य राजनीतिक दल र सभामुख अग्निप्रसाद सापकोटा तयार भए कांग्रेस बिहीबार नै एमसिसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने पक्षमा रहेको निकट स्रोतले जनाएको छ। ‘अहिलेको अवस्था हेर्दा एमसिसी धेरैमा एकदुई दिन छलफलमा जाला तर जति चाँडो निर्णय दियो त्यति सहज हुने अवस्था भएकाले बिहीबार नै अनुमोदनमा लैजान पनि सकिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘सभामुखको भूमिका कस्तो हुन्छ त्यसमै भर पर्छ। हामी बिहीबार नै एमसिसी सदनमा निर्णयार्थ प्रस्तुतका लागि तयार छौं।’

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले एमसिसीमा सैद्धान्तिक छलफलका लागि कति समय दिने भन्ने विषयमा दलीय सहमति खोज्नेछन्। सैद्धान्तिक छलफल सकिएपछि संशोधनको समय नहुने हुँदा बिहीबार नै अर्को बैठक बसेर दफाबार छलफल गराउन सरकारले प्रस्ताव गर्ने सम्भावना छ। दफाबार छलफलमा पनि निश्चित सांसदलाई मात्र बोल्न दिएर बिहीबार नै एमसिसी अनुमोदनका लागि प्रस्ताव गर्ने सम्भावना पनि छ।

    सरकार सदनबाट एमसिसी अनुमोदन भए पनि नभए पनि निर्णयार्थ पेस गर्ने तयारीमा छ। सभामुख सापकोटाको मनसाय भने पर्याप्त छलफल गरेर मात्रै एमसिसी अघि बढाउन पाए हुन्थ्यो भन्ने छ। एमसिसीमाथिको सैद्धान्तिक छलफलमा अनुमोदन गर्नुपर्ने वा नपर्ने कुरामा सीमित रही सांसदले धारणा राख्नुपर्ने हुन्छ।

    दफाबार छलफलमा भने सांसदले आफ्नो असहमति रहेका दफामा केन्द्रित भएर छलफलमा भाग लिन सक्छन्। छलफल सकिएपछि सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। सम्भावित कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल गर्ने विषयमात्र राखिएको भए पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि मात्र औपचारिक कार्यसूची बन्नेछ। नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार