Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा पर्नुस्, गठबन्धन जोगाउनमात्रै संसदमा लगिएकाे हाे: प्रचण्ड


    बुधबार, फाल्गुन ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

    बुधबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्ताहरूलाई भ्रममा नपर्न आग्रह गरेका हुन् ।

    गठबन्धन जोगाउन एमसीसी टेबल गरेकाे बताउँदै उनले टेबल हुँदैमा पास हुन्छ भनेर नपर्न आग्रह गरेका हुन् ।

    ‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्लाजस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो’,  प्रचण्डको भनाइ थियो । ‘टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार