काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको (आईपीओ) बिक्री आजबाट सर्बसाधारणका खुला भएकोछ । संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
नेष्डोले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ । लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।