Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह


    बुधबार, फाल्गुन ११ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । 

    साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ।

    युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी मन्त्रालयले दिएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

    mofa-notice-2322022090606-1000x0-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार