Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीको डँढेलो लगाएपछि निभाउने जिम्मा सबैको हो, अर्को विकल्प छैन : बाबुराम भट्टराई


    बुधबार, फाल्गुन ११ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको डँढेलो लगाएपछि त्यसलाई निभाउने जिम्मा सबै दलको भएको टिप्पणी गरेका छन् ।

    गएराति सामाजिक संजालमा एक ट्वीट गर्दै भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले संसदमा टेबुल भएको एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव समेत गरेका छन् ।

    भट्टराईले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने समेत औँल्याएका छन् ।

    भट्टराईले लेखेका छन्, एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयॉ समीकरण बन्नुपर्यो ! अर्को बाटो छैन !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार