काठमाडौं, ३ चैत । सरकारले कोभिड–१९ का संक्रमितको उपचार गर्न हाल १ सय ५५ वटा आइसोलेटेड बेड तयार गरेको छ । त्यसका साथै २ सय ३५ वटा आईसीयू थप्ने तयारी थालेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभामा काठमाडौं उपत्यकाका तीनवटा अस्पतालमा आइसोलेटेड बेडसहित कोभिड–१९ संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् । ‘संक्रमण देखिइहाल्यो भने ३ वटा अस्पतालमा केन्द्रित रहेर उपचार हुनेछ’ उनले भने, ‘उपत्यकामा १ सय २० वटा र उपत्यका बाहिर १ सय १५ वटा गरी थप २ सय ३५ वटा आईसीयू बन्दैछन् ।’ उनले औषधि र औजारहरू जोहो गर्न पनि थालिसकेको बताए ।
बैठकमा सांसदहरूले औषधि र खाद्यान्नको अवस्था, कालोबजारी नियन्त्रणको पहल, विद्यार्थीको पढाइ, सेल्फ क्वारेन्टाइन, तीनै तहका सरकारको समन्वयलगायत विषयमा प्रश्न गरेका थिए ।
मन्त्री ढकालले नेपालमा एक जनामा संक्रमण देखिएको र उनी पनि निको भइसकेको जानकारी दिए । ‘हामी संक्रमण नेपालमा छिर्नै नदिने गरी तयारीमा लागेका छौं र संक्रमण भइहाले उपचारमा कमी हुन दिने छैनौं,’ उनले भने । उनले कोभिड–१९ संक्रमण देखिए उपचारको जिम्मा राज्यले लिने बताए । उनका अनुसार मुख्य सचिव नेतृत्वको प्राविधिक समितिको बैठक प्रत्येक दिन ४ बजे बस्ने गरेको छ । सरकारले नेपाल र विदेशको जानकारी दिन दिनैपिच्छे स्वास्थ्य बुलेटिन पनि निकाल्ने गरेको जानकारी पनि उनले दिए ।
मन्त्री ढकालले विदेशबाट अत्यावश्यक रूपमा नेपाल आउनुपरे नेपालीले पनि ७ दिनको खकार जाँचको रिपोर्ट पेस गर्नुपर्ने बताए । ‘स्वस्थ प्रमाणित भए प्रवेश गराइने छ भने क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने छ,’ उनले भने । कान्तिपुर दैनिकबाट
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend