काठमाडौं । ब्यापारी विनोदकुमार चौधरीलाई नेपाली कांग्रेसले विधान बिपरीत केन्द्रीय सदस्य बनाएकोमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश विश्वम्भर श्रेष्ठले निर्वाचन आयोगका नाममा चौधरीलाई केन्द्रीय सदस्य बनाउनुको कारण मागेको हो ।
चौधरीलाई विधान विपरीत मधेशी कोटामा केन्द्रीय सदस्यको उम्मेदवार बनाइएकाले उनको पद खारेज गर्न माग गर्दै डा. सुवासचन्द्र यादवले २०७८ फागुन ३ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । मधेशी कोटामा केन्द्रीय सदस्य बनाइएका ब्यापारी बिनोद चौधरीको उम्मेदवारी कांग्रेसको बिधान र राजनीतिक दलसम्बन्धी ऐनबिपरीत भएकाले रद्द गर्न माग गरिएको थियो । डा. यादवले विनोद चौधरी, निर्वाचन आयोग र नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई विपक्षी बनाएका थिए ।
नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थीकालदेखि लागेका चिकित्सक पेशामा आवद्ध डा. यादवले कांग्रेसको बिधान बिपरीत चौधरीलाई केन्द्रीय सदस्य पदमा मधेशी कोटाबाट उम्मेदवार बनाएकोमा पार्टीमा उजुरी दिंदा पनि सुनुवाइ नभएपछि सर्वोेच्च अदालतमा न्याय माग्न पुगेका थिए ।
नेपाली कांग्रेसको बिधान २०१७ को परिच्छेद ७, दफा २१ (८) मा १० बर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको मधेशी महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेशी केन्द्रीय सदस्यमा रहने ब्यवस्था रहेको छ । विपक्षी बिनोद चौधरी २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेको र उनी संविधानसभा २०६४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार भई समानुपातिक सूचीमा निर्वाचित भई २०६९ सालसम्म सांसद रहेका थिए । कांग्रेसको बिधान अनुसार उनले क्रियाशील सदस्यता लिएको १० बर्ष नपुगेको अवस्थामा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी बैधानिक नहुनुपर्ने जिकिर गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend