Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमाले अध्यक्ष बालुवाटारमा, एमसीसीका बारेमा छलफल


    मंगलबार, फाल्गुन १० २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार साँझ उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री देउवा  एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न लागिरहेको बेला ओली बालुवाटार पुगेका छन् । संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच पहिलो पटक भेटवार्ता भएको हो ।

    सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) एमसीसी पास गर्ने पक्षमा नभएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन् । यसै क्रममा ओली बालुवाटार पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार