Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश


    मंगलबार, फाल्गुन १० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।

    बिखन्डनकारीको नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ ।

    दोनेत्स्क र लुहान्सकमा बिखन्डनकारीहरुले युक्रेनी सेनाविरुद्ध सन् २०१४ देखि लडिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार