Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चन्द्रागिरिमा १४ वर्षीय बालकको शव फेला


    मंगलबार, फाल्गुन १० २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । 

    महानगरीय अपराध महाशाखाकाका अनुसार मंगलबार बिहान साढे ८ बजे उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको शव फेला परेको हाे ।

    शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले बताएकाे छ ।

    घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको टोली खटिएर थप अनुसन्धान गरिरहेको छ ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार