Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने


    मंगलबार, फाल्गुन १० २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ । 

    गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए । सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रीना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए। 

    यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो । 

    भ्यूटावर निर्माणका लागि सम्भाव्यता अध्ययन

    धनुषाको मुखियापट्टी गाउँपालिकाको मुसहरनियाँमा भ्यूटावर निर्माणका लागि मधेस प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरेको छ । देशकै सबैभन्दा होचो स्थान मुखियापट्टी मुसहरनियाँमा भ्यूटावर बनाउन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्भाव्यता अध्ययन गरेको हो ।

    मन्त्रालयले मुसहरनियाँमा भ्यूटावरसहित वनभोजस्थलका रूपमा विकास गर्नका लागि अध्ययन सुरु गरेको भौतिक पूर्वाधार विकासमन्त्री रामरोज यादवले जानकारी दिनुभयो । मन्त्रालयको प्राविधिक टोलीसहित नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको टोलीले मुसहरनियाँ पुगेर सोमबार स्थलगत सम्भाव्यता अध्ययन गरेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार