Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक प्रदान


    मंगलबार, फाल्गुन १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’  प्रदान गरिएको छ । 

    सोमबार सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो ।

    अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली भएको नेपाल स्काउट राष्ट्रिय समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।ओलीले प्रधनमन्त्री हुँदा नेपाल स्काउट र यसका गतिविधिलाई विशेष चासो दिइ सरकारका तर्फबाट स्काउट अभियानलाई देशैभरी विस्तार गर्न नीतिगत तथा आर्थिक सहयोग गराएका थिए ।

    तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनाका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम शुरु गरेका थिए । पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने सबै विद्यालयमा स्काउट इकाइ संचालन गर्ने कार्य भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार