Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भित्री वस्त्रमा लुकाएर एक किलो सुन ल्याएपछि…


    सोमबार, फाल्गुन ९ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ सय ३६ ग्राम सुनसहित २ विदेशी नागरिक पक्राउ परेका छन् ।

    बंगलादेशी नागरिक मोहम्मद तोफिकी उल्ला र भारतीय नागरिक पारसनाथ शाह सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो। 

    कार्यालयले जाँच गर्नेक्रममा शंका लागेर तलासी गर्दा उनीहरूकाेसाथबाट ९ सय ३६ ग्राम सुन बरामद गरेको हो । उल्लाले सुन मेटल डिटेक्टरमा डिटेक्ट नहुने गरी लुकाएर ल्याएको थिए। 

    सोधपुछ गर्दा उल्लाले उक्त सुन भारतीय नागरिक पारसनाथ शाहको भएको र उनैले भन्सार छली गर्न लगाएको प्रहरीलाई भनेका थिए।

    प्रहरीले घटनाबारे थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार