Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने


    सोमबार, फाल्गुन ९ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

    पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबाट पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् । उनले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय भएको बताए ।

    उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने जानकारी दिए । उनले यससँग एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार