Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिए: केपी ओली


    सोमबार, फाल्गुन ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताएको छ । 

    काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उनले राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका कारण काजी पाँडे मारिएको बताएका हुन् । 

    ‘पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियान राम्रो हो । तर, पृथ्वीनारायण शाहले गलत नै गर्दैन थे भन्ने होइन,’ उनले भने, कीर्तिपुरमा आक्रमण गर्दा पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडेको निधन भएको हो ।’ 

    यसबारे उनले थप भने, ‘कालु पाँडे अहिले कीर्तिपुरमा आक्रमण गर्नुहुँदैन भनेका थिए । पृथ्वीनारायण शाहले कालु पाँडेका कारण युद्ध हारिने भयो भने । त्यसपछि उनी पनि आक्रमण गर्न राजी भए । कीर्तिपुरमा पाँँच हजार सेना तयारी अवस्थामा थिए । यता एक हजार २०० थिए । यस कारण १८१४ जेठ १९ गते कीर्तिपुर आक्रमण गर्दा कालु पाँडे मारिए ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार