Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाेलिदेखि फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी


    सोमबार, फाल्गुन ९ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ । जलस्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो ।

    सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो । सिँचाइको नहर यही कल्भर्टबाट बग्छ । पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

    सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ । ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलेजस्तो सुख्खा हुनेगरी सतह घट्दैन । ‘२० सेन्टिमिटर जति बाँध खोल्छौं । यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उनले भने, ‘कल्भर्टको काम सकिनेवित्तिकै बाँध बन्द हुन्छ । पहिले जस्तो धेरै सतह अहिले घट्दैन ।’

    यसअघि पनि फेवाको बाँध मर्मतका लागि तालको पानी सुकाइएको थियो । तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ । ‘बढेको पानी फाल्ने हो । अहिले फाल्न लागेको बढी भएको पानी हो,’ आचार्य भन्छन्, ‘ड्याम बनाएपछि सतह बढेको छ । अहिले फेवाले बढी पानी होल्ड गरेको छ ।’

    ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फाष्ट ट्रयाकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार