Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आज : रिचार्ड निक्सनको चीन भ्रमणदेखि प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो अमेरिकी


    सोमबार, फाल्गुन ९ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज सन् २०२२ को २१ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति

    सन १९५५ मा अमेरिकी व्यापारी तथा साहसी स्टेभ फोसेट बेलुनमा प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति बनेका थिए । यो उनको धेरै उड्डयन रेकर्डहरुमध्ये पहिलो थियो ।

     
    रिचार्ड निक्सनको चीन भ्रमण

    सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले जनगणतन्त्र चीनको राजकीय भ्रमण गरेका थिए । कम्युनिस्ट देश चीन र संयुक्त राज्य अमेरिका बीचको २१ वर्ष देखिको मतभेद अन्त्य गर्दै उनी सो भ्रमणमा निस्किएका थिए ।
     
     भर्डन युद्ध

    पहिलो विश्व युद्धको समयमा आजकै दिन भर्डन युद्ध सुरु भएको थियो ।  सन् १९१६ को फेब्रुवरी २१ देखि १८ डिसेम्बरसम्म फ्रान्सको भर्डनमा भएको सो युद्धलाई इतिहासकै सबैभन्दा ठूलो, लामो र रक्तपातपूर्ण मानिन्छ ।  फ्रान्स र र्जनबीच भएको सो युद्धमा लाखौ मानिस मारिएका थिए । 

     
    डब्लूएच अडेनको जन्म

    सन् १९०७ को २१ फेब्रुवरी अर्थात आजकै दिन प्रसिद्ध अग्रेजी कवि डब्लूएच अडेनको जन्म भएको थियो । उनी आफ्नो युगको प्रमुख अंग्रेजी–भाषाका कविहरूमध्ये एक हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार