काठमाडौं । विवादकाकीच सरकारले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको लागि टेबुल गर्यो ।
खासमा त्यो सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नुपथ्र्यो । शर्मा विरामी भएको कारण उपस्थित हुन नसकेपछि शुक्रबार एमसीसी सम्झौता सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा टेबुल गरेका थिए ।
संयोग नै मान्नुपर्छ– प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरेका कार्कीले नै अर्थमन्त्रीको रुपमा नेपालको तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यति मात्र होइन कार्कीले सम्झौतामा हस्ताक्षर र प्रतिनिधिसभा बैठकमा टेबुल गर्दा दुबै बेला देशको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।
२०७४ साउन १० गते एमसीसी सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न स्वीकृति दिइएको थियो । उक्त समयमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की रहेका थिए ।
२०७४ भदौ १९ गते एमसीसी सम्झौतामा हस्ताक्षर गर्न तत्कालिन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । यो निर्णय गर्दा प्रधानमन्त्रीमा देउवा र अर्थमन्त्रीमा कार्की थिए ।
२०७४ भदौ २९ गते नेपालले एमसीसीमा हस्ताक्षर गरेको थियो । त्यतिबेला देशको प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की नै थिए । एमसीसीमा नेपालको तर्फबाट कार्कीले हस्ताक्षर गरेका थिए ।
तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनको लागि संसदमा दर्ता गरेको थियो । राजनीतिक पार्टीहरुबीच सहमति बन्न नसक्दा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा अनुमोदनको लागि टेबुल गर्न सकेन ।
प्रतिनिधिसभामा दर्ता भएको ३० महिनापछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आइतबार एमसीसी प्रतिनिधिसभामा टेबुल गर्न सत्ता साझेदार पार्टीहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)सँग सहमति कायम गरेका थिए ।
त्यसपछि आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेबुल गरिएको थियो । एमसीसी अर्थ मन्त्रालयसँग सम्बन्धीत रहे पनि टेबुल भने सञ्चारमन्त्री कार्कीले गरेका थिए । विरामी भएको कारण देखाउँदै अर्थमन्त्री शर्मा प्रतिनिधिसभामा उपस्थित नभएपछि कार्कीले एमसीसी टेबुल गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend