Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कानुनमन्त्री बडूले भने- संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी टेबुल भएको हो


    आइतबार, फाल्गुन ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताएका छन् ।

    अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको उनले बताए ।

    ‘संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो, अब संसदमा छलफल र बहस हुन्छ, । पास वा फेल जे भए पनि संसदमै हुन्छ,’ संसद् भवनबाट बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग बडूले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार