Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद भवन अगाडि ‘एमसीसी स्वाहा’ !


    आइतबार, फाल्गुन ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विभिन्न राजनीतिक दल र भ्रातृ संगठनका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

    काठमाडौंको माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मीनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन गर्दै ‘एमसीसी स्वाहा’ कार्यक्रम गरेका छन्  । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् ।

    एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार