Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभामा एमसीसी टेबल गर्न गठबन्धनका सबै दल तयार


    आइतबार, फाल्गुन ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्ता गठबन्धनका सबै दलहरू एमसीसी प्रतिनिधिसभामा टेबल गर्न तयार भएका छन् ।

    गठबन्धनका अरू सबै दल तयार देखिएपछि नेकपा माओवादी केन्द्र पनि तयार भएकाे छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले पनि आज एमसीसी प्रतिनिधिसभामा टेबल हुने सहमति हुने बताए ।

    उनले भने, ‘कदाचित एमसीसी टेबल भएन भने त्यही क्षणबाट गठबन्धन बिसर्जन हुन्छ।’

    आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे।

    एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसीसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेको भन्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यसमा मनाउने बचन उहाँले दिनुभएको छ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार