Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनको बैठक: एमसीसीलाई संसदमा टेबुल गर्ने कि नगर्ने ? आज निर्णय हुँदै


    आइतबार, फाल्गुन ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ । 

    सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा एमसीसीको बिरोधमा सडक संघर्षमा उत्रिएको बेला बस्न लागेको गठबन्धनको बैठकलाई निर्णायक रुपमा हेरिएको छ ।

    प्रधानमन्त्री निवास वालुवाटारमा आज १० बजे बस्न लागेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संघीय संसदमा टेबुल गर्ने कि नगर्ने निर्णय लिनेछन । 

    अमेरिकन सहयोग एमसीसीका बारेमा निर्णय लिनका लागि यसअघि बोलाईएका दुईवटा बैठक अनिर्णित भए पछि गठबन्धनको सल्लाह अनुसार आज बैठक बोलाईएको हो । उक्त बैठक पछि एमसीसी कार्यसुचीमा प्रवेश गराउने कि नगराउने निर्णय हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार