काठमाडौं।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो ।
एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाइएको हो ।
युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यलाई इमेल गरेर, प्रत्यक्ष भेटेर र भेट नभएकाको हकमा घरपरिवारका सदस्यमार्फत एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न पत्र बुझाइएको युवा संगठनका अध्यक्ष पाटन जंगलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विप्लव निकट युवा संगठन निकालेको बिज्ञप्ति

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend