काठमाडौं।नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले जनतामा अझै लोकतन्त्रको आभास हुन नसकेको बताएका छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका शाहीले प्रजातन्त्र दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
जिम्मेवार निकायबाट लोकतन्त्रको हितमा काम गर्दै जनतामा त्यसको आभास गराउनुपर्ने बताएका छन् । लोकतन्त्रको संस्थागत विकास र अभ्यासमा नै सबैको भविष्य सुनिश्चित रहेको नेता शाहीको भनाइ छ ।
लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हुने भएकाले सबै कामहरू जनताको भावना बुझेर मात्रै गर्नुपर्ने बताए । उनले लोकतन्त्रमा तानासाही सोच हुनेहरू कहीँ नपुग्ने बताएका छन् ।
‘तानासाही सोच हुने शासकको भविष्य लोकतन्त्रमा लामो हुँदैन । त्यसैले हामीले लोकतान्त्रिक संस्कारलाई अंगिकार गर्दै त्यसैलाई बलियो बनाउँदै लैजानुपर्छ,’ नेता शाहीले भने । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend