काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिस्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा आयोजना गरिएको ‘विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था’ विषयक विचार गोष्ठीमा महरले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि रहेका नेता महरले केपी ओली नेतृत्वको तीन वर्षे सरकारतर्फ इङ्गित गर्दै समाजको आवश्यकतालाई वास्ता नगरी प्रजातन्त्रको आवरणमा स्थापित भएर खाली बहुमत र अल्पमतको कुरा गर्ने र कर्म भने प्रजातन्त्रका मुख्य मूल्यमान्यताविरुद्ध गर्नेलाई समयमै चिन्नुपर्ने महरको भनाई छ ।
‘केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार प्रजातन्त्रको आवरणमा चुनावमा सहभागी भएर दुई तिहाइ बहुमतबाटै आएको हो । तर, सो सरकारका क्रियाकलाप प्रजातन्त्रका आधारभूत मूल्यमान्यताविरुद्ध थिए,’ नेता महरले भने । जनताका आधारभूत आवश्यकतालाई मध्यनजर नगरी समाजवादको नारा लगाउनेबाट प्रजातन्त्रलाई जोगाउनुपर्ने बेला आएको महरले बताए ।
जति विकासका कुरा गरे पनि घरघरमा सडक पुर्याइए पनि नेपालमा प्रजातन्त्रका पक्षमा जनताको उपस्थिति न्यून रहेको नेता महरको भनाई थियो । पछिल्लो समय नेपालमा चर्चाको केन्द्रमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीका विरोध्रीहरूप्रति कटाक्ष गर्दै नेता महरले त्रिवि विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला नेपालमा तत्कालीन समयमा भएका २०/२५ जना कम्युनिस्टहरूले विदेशीहरू आउनेभन्दै सुतेको प्रसंग सुनाए । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend