Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनप्रतिनिधि र राजनीतिकर्मी जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष तिमिल्सिना


    शनिबार, फाल्गुन ७ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।

    कास्कीको पोखरामा शनिबार आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अन्तर्क्रियाको  उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

    कार्यक्रमको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको थियो । अन्र्क्रियामा अध्यक्ष तिमिल्सिनाले कोभिडसम्बन्धी विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गरे । 

    अध्यक्ष तिमिल्सिनाले विश्वमा जनप्रतिनिधिले कोभिडविरुद्ध के के गरे भन्ने सन्दर्भको समीक्षा गर्दा नेपाल अगाडि रहेको दाबी पनि गरे । ‘कोभिड न्यूनिकरणमा नेपालले विश्वसामु गर्व लाग्ने ढंगले काम गरेको छ,’ उनले भने,‘गर्नुपर्ने अझै धेरै छ। राजनीतिक परिवर्तन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा मुलुक आइपुगे पनि दलहरूबीचको खिचातानीले देश अझै अस्थिर र अन्योलमा हुनु सकारात्मक होइन।’

    कार्यक्रममा सातवटै प्रदेशका सभामुख र उपसभामुख, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवलगायतको उपस्थिति छ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार