Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा समाजवादीको स्थायी समिति बैठक सम्पन्न, एमसीसी संसदमा टेबुल गर्न दिने, यथास्थितिमा पारित नगर्ने


    शनिबार, फाल्गुन ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसदमा टेबुल गर्न दिने निर्णय गरेको छ । नेकपा समाजवादीको शनिबार भएको बैठकले एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय गरेको हो ।

    सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी छन् ।

    एमसीसीका विषयमा सत्ता साझेदार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले फरक मत र विरोधमा सडक आन्दोलन गर्दैआएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पारित गराउनेतर्फ अगाडि बढेपछि नेकपा समाजवादीले संसदमा प्रवेश गराउन दिने निर्णय गरेको छ । सत्ता गठबन्धन नै जोखिममा परेपछि नेकपा समाजवादीले उक्त निर्णय गरेको छ ।

    संसदमा टेबुल गर्न दिए पनि नेकपा समाजवादीले विना संशोधन यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    एमसीसीबारे सत्ता गठबन्धनमा तीव्र विवाद छ । जसका कारण प्रधानमन्त्री देउवाले अझै पनि त्यसलाई संसदमा टेबल गर्न सकिरहेका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार