खोटाङ । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले केन्द्रमा वर्तमान सत्ता गठबन्धन टुटे पनि प्रदेशमा नटुट्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले एमसीसीकै कारण राजनैतिक दुर्घटना भएपनि प्रदेशको गठबन्धन कायम रहने दाबी गरे ।
प्रदेशका मूख्यामन्त्रीले बिश्वासको मत लिएको एक वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण वर्तमान प्रदेश सरकार फेरबदल नहुने मन्त्री राईको भनाई थियो । ‘संविधानमा प्रदेशको मूख्यामन्त्रीले बिश्वासको मत लिएपछि एक वर्षसम्म अविश्वासको मत दर्ता गर्न पाइन्दैन भन्ने व्यवस्था छ । त्यसलाई हामी सुरक्षित गर्छौँ,’ सामाजिक विकास मन्त्री राईले भने, ‘राजनैतिक दुर्घटना भयो भने र माथि सत्ता समिकरण फेरबदल भएपनि प्रदेशमा फेरबदल हुने छैन ।’
मन्त्री राईले यथावस्थामा एमसीसीलाई पास गर्न नहुने धारणा दोहो¥याएका छन् । मन्त्री र सांसद पद छोड्न सकिने तर देशको सार्वभौमसत्तालाई छोड्न नसकिने मन्त्री राईले बताए । ‘यो मन्त्री, यो सांसद पद तपसिलका विषय हुन् । यो जुनसुकै बेला छोड्न सकिन्छ । तर नेपाली जनतामा भएको सार्वभौमसत्ता कुनैपनि हालतमा छोड्न सकिँदैन,’ मन्त्री राईले भने, ‘देशको सार्वभौमसत्ता बच्यो भने मात्र हामी सुरक्षित रहन सक्छौं भन्नेमा हामीलाई कुनै दुविधा छैन ।’
मन्त्री राईले गठबन्धन जोगाउन अधिकतम प्रयास गर्ने तर राष्ट्रिय स्वाधिनताको विषयमा किञ्चित दायाँ–वायाँ नगर्ने उल्लेख गरे । ‘हिजोको दिनमा गठबन्धनका दलहरु संविधानको सुरक्षा गर्नका लागि, यथास्थिति विरुद्ध, प्रतिगमनको बिरुद्ध लागेका थियौं । अहिले पनि त्यसमा केही फरक भएको छैन,’ उनले भने, ‘हामी गठबन्धनलाई जोगाउन चाहन्छौं तर जोगिएन भने पनि राष्ट्रिय स्वाधिनताका लागि, देशको सुरक्षाका लागि, नेपाली जनताको उन्नयनका लागि किञ्चित दायाँवायाँ गर्दैनौं । हिजो प्रतिगमनका विरुद्ध लाग्दा हाम्रो माग संविधानको सुरक्षा हुनुपर्छ भन्ने थियो । अहिले पनि संविधानको सुरक्षा हाम्रो दायित्व हो ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend