Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने


    शुक्रबार, फाल्गुन ६ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ । वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो ।

    यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । ‘वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र ९ गते आयोजना गरिएको पार्टी केन्द्रीय समितिको बैठक स्थगन गरी यही फागुन २० गते निर्धारण गरिएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

    माओवादी केन्द्रीय समिति बैठक बस्न नसक्दा पदाधिकारी चयन हुन सकेका छैनन् । पदाधिकारीका साथै स्थानीय तहकाे  निर्वाचनलगायतका विषयमा छलफल गर्न माओवादीले केन्द्रीय समिति बैठक बाेलाएकाे थियाे ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनबीचमै विमति देखिएको छ । माओवादी केन्द्र अहिले सडक, सदन र सडक तीनतिर आन्दोलित भएको अवस्था छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार